विश्वकप क्रिकेटको उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै, यस्तो छ ‘हेड टु हेड’

 मंसिर २, २०८० शनिबार २०:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भोलि आइतवार भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल भोलि दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् । आज अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पीचको अवलोकन गर्दै आफूहरुको ध्यान पीचमा भन्दा पनि खेलमा रहेको बताएका छन् ।

आठ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ । विश्वकपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएकोमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठ पटक अष्ट्रेलियाले र पाँच पटक भारतले जितेकाे छ । यो विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया