विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

 मंसिर ४, २०८० सोमबार १६:१६:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगकाे खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए ।

गएकाे कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० काे गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले यूएईसँगकाे खेलमा हार बेहाेर्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिकरूपमा समेत तयार रहेको प्रतिक्रिया दिए ।

फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ । वरीयतामा नेपाल १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । नेपाल र यमनबीचकाे खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह 'एच' मा रहेको छ । नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया