नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भयो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो । जितसँगै अर्जेन्टिनाको ६ खेलमा १५ अङ्क भएको छ । अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलमा ७ अङ्क रहेको ब्राजिल छैठौँ स्थानमा रहेको छ ।
अर्जेन्टिना र ब्राजिलबीच आजको खेल सुरु हुनुअघि दुई देशका समर्थकबीच झडप समेत भएको थियो । समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा आधा घण्टा खेल रोकिएको थियो ।
अर्को खेलमा उरुग्वेले बोलिभियालाई ३–० गोलले हरायो । उरुग्वेका डार्विन ग्याब्रिएल नुनेजले २ गोल गरे । उसले एक गोल उपहार पाएको थियो । उरुग्वे ६ खेलमा १३ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै इक्वेडरले चिलीलाई र कोलम्बियाले पाराग्वेलाई १–० गोलले हराएको छ । दक्षिण अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ देशले स्थान बनाउनेछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।