दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

 मंसिर ११, २०८० सोमबार ६:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।

थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे । यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९–१९ रन बनाए ।

भारतका रवि बिस्नाेइ र प्रसिद्ध कृष्णाले ३–३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक/एक विकेट लिए । त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै, यशस्वी जैसवालले ५३ र इशान  किशनले ५२ रनको योगदान गरे । रिङ्कु सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए ।

भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल भोलि हुनेछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया