लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्बिने जनाएको छ ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स अर्थात् ट्विटरमा गाजापट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको उल्लेख गर्नुभएको छ ।
युद्धविरामको एक पक्ष हमासले पनि थप केही सर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको बीबीसीले जनाएको छ । चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलको जेलबाट रिहा हुनेहरुमा ३० बालबालिका र तीन जना महिला रहेका छन् ।
सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ ।
बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो । हमासले २ सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ ।
गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।