त्रिभुवन आर्मी केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा, बाग्मती प्रदेश ४ विकेटले पराजित

 मंसिर १४, २०८० बिहीबार १२:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीले बाग्मतीलाई ४ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरको खेलमा ६ विकेट गुमाएर १ सय २८ रन जोड्यो । त्यसअघि बाग्मतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । प्रतियोगितामा आजै दोस्रो सेमिफाइनलको खेल पनि हुँदै छ ।

दिउँसो एक बजे दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । यो खेल पनि पोखरा रङ्गशालामा हुनेछ । फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया