विश्व कप लिग–२ खेल्न नेदरल्यान्ड्स र नामिबिया नेपाल आउँदै

 मंसिर १५, २०८० शुक्रबार १८:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले आउँदो फागुन ५ गतेदेखि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ ।

आईसीसी विश्व कप लिग–२ को सन् २०२४-२७ को शृङ्खला खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउने भएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लिग–२ को आउँदो सिजन नेपालबाट शुरु हुने र त्यसमा खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउन लागेका जनाएको छ ।

नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । गएको महिना भारतमा सकिएको विश्व कपमा नेदरल्यान्ड्सले बङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएको थियो । तर समग्रमा नेदरल्यान्ड्स एकदिवसीय वरीयतामा निकै तल रहँदै लिग २ खेल्न लागेको हो ।

विश्व कप लिग–२ मा नेपालसहित नेदरल्यान्ड्स,  स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, नामिबिया र क्यानडाले खेल्नेछन् । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया