नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि लोगो, नारा, मस्कट र गीत/रचना पेस गर्न सार्वजनिक आह्वान गरेको छ ।
अर्को वर्ष मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतीक चिह्न मस्कट, लोगो, नारा र खेलकुद गीत/रचना आउँदो पुस ५ गतेभित्र पेस गर्न आह्वान गरेको हो । लोगोमा समग्र कर्णाली प्रदेशको प्रतिविम्ब, १० औँ राष्ट्रिय खेलकुद र शान्तिको प्रतीक झल्कनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यस्तै गीत/रचना राष्ट्रिय भावनाले ओतप्रोत, खेलकुद र खेलाडीको भावना समेटिएको हुनुपर्ने उल्लेख छ । मस्कटमा कर्णाली प्रदेशको प्रख्यात जनावर समेटिएको र खेलको प्रतिविम्ब समावेश हुनुपर्नेछ । यस्तै नारा बढीमा २५ अक्षरको हुनुपर्ने भनिएको छ । लोगो, मस्कट र गीत/रचना कसैसँग बाझिएमा वा 'कपी राइट' गरेमा रद्द गरिने सूचनामा उल्लेख छ ।
छनोटमा परेको लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार, गीत/रचनालाई २० हजार र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने राखेपले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।