नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज बुधवार पाेखरा थन्डर्स र स्पाेर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ ।
पाेखराले अहिलेसम्म ३ खेल खेलेकाेमा १ जित र २ बराबरीसहित ५ अङ्क जाेडेकाे छ । पाेखरा तालिकाकाे तेस्राे स्थानमा छ । आजकाे खेल जितेमा पाेखरालाई शीर्ष स्थानमा उक्लिने माैका छ । इलाम ३ खेलमा १ जित र २ हारसहित ३ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ ।
यही मङ्सिर ८ गतेदेखि शुरु भएकाे दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पाेखरा, काठमाण्डाै रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।
२०७८ सालमा भएकाे फ्रेन्चाइज लिगकाे पहिलाे संस्करणकाे उपाधि काठमाण्डाैले जितेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।