रुपन्देहीमा निजी क्षेत्रको लगानीमा बनिरहेकाे क्रिकेट रङ्गशाला फागुनदेखि सञ्चालनमा आउने

 मंसिर २८, २०८० बिहीबार २०:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आउँदो फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

तिलोत्तमा नगरपालिकामा निर्माणाधीन क्रिकेट रङ्गशाला फागुन १ गतेदेखि प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो । यो रङ्गशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ ।

आज बिहीवार भएको पत्रकार सम्मेलनमा एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनुभयो । उहाँले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेदेखि प्रतियोगिताका लागि योग्य हुने बताउनुभयाे ।

रङ्गशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माणको काम आउँदाे माघदेखि शुरु गर्ने पनि निर्देशक कुँवरले बताउनुभयो । सबै रुमकाे काम आउँदाे वैशाखसम्म सकिसक्ने उहाँले बताउनुभयो । रङ्गशालामा तत्कालका लागि दर्शक सिट पाँच हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने ठाउँ बनाइने उहाँकाे भनाइ छ । आउँदाे दशैँसम्ममा रङ्गशाको सबै काम पूरा हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

रङ्गशाला आउँदाे वैशाखसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको थियो । क्रिकेट रङ्गशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया