गाजामा रहेको अर्को अस्पताल पनि बन्द, सयौँ घाइतेहरु उपचारको पर्खाइमा

 पुष ४, २०८० बुधबार ६:५१:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजरायली सेनाको आक्रमणपछि काम गर्न बन्द गरेको छ । इजरायली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेपछि बन्द गर्नुपरेको अस्पतालका निर्देशक फादेल नइमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सेनाले भवनका केही भागलाई नष्ट पार्दै चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई पक्राउ गरेको उहाँले बताउनुभयो । अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजापट्टीमा इजरायली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाले सानो समूहका साथ काम गरिरहेको छ । अस्पतालहरु बन्द हुँदा सयौँ घाइतेहरुले उपचार पाउन सकेका छैनन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ता जेम्स एल्डरलेले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताउनुभएको छ । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उहाँले अवस्था खतरनाक रहेको बताउनुभएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया