चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो, सात सय भन्दा धेरै घाइते

 पुष ४, २०८० बुधबार ११:३२:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ । गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पमा परी सात सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रिय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नी नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । भूकम्पले प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्ग हिजो बेलुकादेखि सञ्चालनमा आइसकेका छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया