सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा आयातित रक्सीमाथि प्रतिबन्ध लगाइएकाे छ । झीँ गाउँमा युवा कुलतमा फस्ने र धनराशि बाहिरिनबाट राेक्न गाउँभेलामार्फत् आयातित रक्सी बिक्री वितरणमा रोक लगाइएको हो । परीक्षणका रुपमा एक वर्षअघिदेखि लागू गरिएको याे नियमका कारण गाउँमा रक्सी भित्रिँदा बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासीले बताएका छन् ।
विसं २०७९ मङ्सिर १६ गते झीँ गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित रक्सीमाथि पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट रक्सी गाउँमा लैजान बन्द गरेका छन् ।
विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा याे नियम लगाइएकाे रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । 'बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा रक्सी खाँदा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ', उहाँले भन्नुभयो ।
कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने गुणस्तर नभएका रक्सी खाँदा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्थानीयवासीले यस्ताे निर्णय गरेका हुन् । रक्सी खानेहरुलाई गाउँमै स्तरीय घरेलु रक्सी बनाएर खान पाउने व्यवस्था गरिएकाे छ ।
घरेलु रक्सी सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ गाउँमा नभित्रिने भएकाले युवालाई समेत कुलतबाट टाढा राख्न सघाउ पुगेको स्थानीय गोविन्द पाइजाले बताउनुभयो । विवाह, व्रतबन्ध, किरियालगायत विभिन्न संस्कारमा रक्सीमा धेरै रकम खर्च हुने गरेकाे तर आयातित रक्सीलाई निषेध गरेपछि फजुल खर्च कम भएकाे उहाँले बताउनु भयाे ।
मगर समुदायको बाहुल्यता रहेकाे झीँ गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीँ गाउँमा घरबाससमेत सञ्चालनमा छ । यहाँ आउने पर्यटकहरुले स्थानीय कोदो, मकै, जौ, गहुँलगायतको अन्नबाट परम्परागत रुपमा बनाइएको रक्सी खान पाउने व्यवस्था रहेकाे छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित रक्सीको बिक्री गर्न तथा खान रोक लगाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।