हमासले भन्याे– ‘युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा गर्दैनाैँ’

 पुष ६, २०८० शुक्रबार १६:४३:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले गरिरहेको आक्रमण पूर्णरूपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसलाई मुक्त नगर्ने जनाएको छ । युद्धविराम र बन्धक रिहा गर्ने बारेमा वार्ता भइरहँदा हमासले विज्ञप्ति निकालेर आक्रमण पूर्णरूपमा अन्त्य भएपछि मात्रै थप बन्धक रिहा गर्ने बताएको बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका भनिएका दुई सय ४० जनामध्ये एक सय २० जना अझै बन्धक रहेका बताइएको छ । इजरायलले बन्धकहरू मुक्त गर्ने सबैभन्दा उत्तम उपायको रूपमा सैन्य दबाबलाई लिएको छ । तर यो उपायले अहिलेसम्म उपलब्धि भने हासिल भएको छैन । इजरायलले अहिलेसम्म एक जना बन्धक मात्रै मुक्त गर्न सफल भएको छ ।

यसअघि एक हप्ता लामो सङ्घर्षविरामका क्रममा एक सय जनाभन्दा बढी बन्धक बनाइएका मानिस मुक्त भएका थिए ।

इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घमा प्रस्तावहरू पारित गर्ने प्रयास जारी छन् । सुरक्षा परिषदमा यसअघिको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेपछि युद्धविरामको प्रस्ताव पारित भएको थिएन । अर्को मतदान आज राति हुँदैछ । इजरायल भने आफ्नो देशमा आक्रमण गर्न सक्ने हमासको क्षमता कमजोर नबनाउँदासम्म युद्ध रोक्ने पक्षमा देखिएको छैन । इजरायलको आक्रमणमा परेर गाजामा २० हजार जनाभन्दा धेरै मानिस मारिएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया