कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की...
मंसिर १३, २०८१ बिहिबार
संयुक्त अरब इमिरेट्स (यूएई) बाट तीन सय तीन जना भारतीय यात्रु लिएर निकारागुआका लागि उडेको विमान फ्रान्समा अवतरण गराइएको छ ।
रोमानियाली लिजेन्ड एअरलाइन्सको एअरबस ए–३४० विमान निकारागुआको राजधानी मानागुआगा प्रस्थान गर्दै गरेकोमा फ्रान्समा अवतरण गराइएको बीबीसी हिन्दीले जनाएको छ । चार्टर्ड गरिएको विमानलाई पेरिसभन्दा एक सय ५० किलोमिटर दुरीमा रहेको वेटरी विमानस्थलमा अवतरण गराइएको हो ।
सुरक्षा अधिकारीले विमानमा रहेका केही यात्रुलाई पक्राउ गरेर विमानस्थल नै सिल गरेका थिए । घटनाकाे बारेमा अनुसन्धान भइरहेको पनि फ्रान्सेली अधिकारीले बताएका छन् । पेरिसमा रहेको भारतीय दूतावासले पनि विमान रोकिएको विमानस्थलमा आफ्ना अधिकारी पुगेर घटनाकाे बारेमा अनुसन्धान भइरहेको बताएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।