नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले लगातार तेस्राे खेलमा विजयी भएकाे छ । एपीएफकाे जितमाे इन्दु बर्माले अलराउन्ड प्रदर्शन गरिन् ।
आज आइतवार भएकाे खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनकाे फराकिलाे अन्तरले हरायाे । एपीएफले दिएकाे १ सय ५२ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्याे । लुम्बिनीका लागि लक्ष्मी चाैधरीले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ एपीएफकी इन्दु बर्माले ३ तथा बिनु बुढाले २ विकेट लिइन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ५१ बलमा ७० रन बनाइन् । यस्तै ममता चाैधरीले ५९ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र शर्मिला राेक्काले समान १ विकेट लिइन् ।
याे जितसँगै एपीएफ ३ खेलमा ६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लुम्बिनी ३ खेलमा २ अङ्कसहित छैटाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।