नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा मधेस प्रदेशले पहिलाे जित हात पारेकाे छ । मधेसकाे जितमा पूजा महताेले 'अलराउन्ड' प्रदर्शन गरिन् ।
आज साेमवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा मधेसले गण्डकी प्रदेशलाई २७ रनले हरायाे । मधेसले दिएकाे १ सय १३ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल आउट भयाे । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महताेले ३ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मधेसले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनायाे । मधेसका लागि पूजा महताेले ३८ र सरस्वती कुमारीले नट आउट २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले ३ विकेट लिइन् ।
याेसँगै मधेसले लगातार हारकाे शृङ्खला ताेडेकाे छ । यसअघिका ३ खेलमै पराजित भएकाे मधेस याे जितसँगै ४ खेलमा २ अङ्क जाेड्दै तालिकाकाे साताैँ स्थानमा छ । गण्डकी ४ खेलमा २ अङ्कसहित छैटाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।