प्रधानमन्त्री कप : एपीएफकाे लगातार पाँचाैँ जित, काेशीले गण्डकीलाई ५५ रनले हरायाे

 पुष ११, २०८० बुधबार १४:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ ।

आज बुधवार भएकाे खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनकाे फराकिलाे अन्तरले हरायाे । एपीएफले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायाे । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चाैधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् ।

याे जितसँगै एपीएफ प्लेअफमा पुगेकाे छ । एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायाे । काेशीले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयाे । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ काेशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा सङ्गीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायाे । काेशीका लागि बिमला मलहाले २५, सङ्गीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गाेदार सृष्टि जैसीले समान २ विकेट लिइन् ।

याे जितसँगै ५ खेलमा ८ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । गण्डकी ५ खेलमा २ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया