सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिता प्ले अफमा पुग्ने ४ वटै टाेलीकाे टुङ्गाे लागेकाे छ । आज बिहीवार भएकाे खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएसँगै प्ले अफ खेल्ने टाेलीकाे टुङ्गाे लागेकाे हाे ।
कर्णालीले दिएकाे ४३ रनकाे सामान्य लक्ष्य बाग्मतीले २९ बलमै भेटायाे । बाग्मतीका लागि यशु पाण्डेले २५ र हेलिशा गुरुङले १३ रन बनाइन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे कर्णाली १३ ओभर ४ बलमा ४२ रन बनाउँदा अल आउट भयाे । कर्णालीका लागि शुरती बुढाले सर्वाधिक १६ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी खुशी डङ्गाेलले ४ विकेट लिइन् ।
एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा, काेशी ६ खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा, सुदूरपश्चिम ६ खेलमा ८ अङ्सहित तेस्राे र बाग्मती ६ खेलमा ८ अङ्कसहित चाैथाे स्थानमा छ । यी ४ वटा टाेली शीर्ष ४ मा रहँदै प्ले अफमा पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।