नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको लिग चरणमा अपराजित हुँदै एपीएफ क्वालिफायरमा पुगेको छ । लिगको अन्तिम खेलमा बाग्मतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सीधै क्वालिफायरमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले जितका लागि दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७९ रन बनायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । जितसँगै एपीएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको छ ।
आजै भएको अर्काे खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हराएको छ । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०३ रन बनायो ।
यो जितसँगै सुदूरपश्चिम प्रदेशले क्वालिफायर खेल्ने सम्भावना कायम राखेको छ । सुदूरपश्चिम ७ खेलमा १० अङ्कका साथ तेस्रो स्थानमा छ । एक खेल कम खेलेको कोशीको पनि १० अङ्क भए पनि अन्तिम खेलमा लुम्बिनीसँग पराजित भए सुदूरपश्चिम क्वालिफायरमा पुग्नेछ ।
यदि कोशी विजयी भाएमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्नेछ । कोशी पराजित भएको खण्डमा बाग्मती, कोशी र सुदूरमध्ये एक टोली शीर्ष दुईमा रहेर क्वालिफायर खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।