बाग्लुङका दुर्गम गाउँ अझै अन्धकारमा : विद्युत् विस्तारको काममा ढिलाइ

 पुष १५, २०८० आइतबार ११:३८:३५ | रासस
unn.prixa.net

तस्बिर : रासस

बाग्लुङ - बाग्लुङका दुर्गम गाउँ अझै पनि अन्धकारमा छन् । विद्युत् विस्तारको काममा ढिलाइ भइरहेको छ ।

जिल्ला सदरमुकाम बाग्लुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बाग्लुङका धेरै पालिकामा पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले दुर्गम गाउँमा प्रसारण लाइन विस्तारका काम थाले पनि पूर्णता पाउन नसकेको हो ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गएको माघदेखि विद्युत् सेवा शुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको छैन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भैरहेको छ । तमानखोलामा पनि गएको वर्षदेखि नै पोल गाड्न थालिएको थियो । तर अहिलेसम्म बिजुली बलेको छैन ।

तार विस्तार गर्ने काम भैरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम भैरहेको छ । केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको बाग्लुङ शाखाका प्रमुख पवन पौडेलले बताउनुभयो । निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम भैरहेको उहाँको भनाइ छ ।

पश्चिम बाग्लुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ । बुर्तिबाङमा पनि १३२ केभीको सबस्टेशन निर्माण गरिँदैछ । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासहित निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन पुग्ने प्रमुख पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया