नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
लमजुङ– नजिकै ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशय छ । आयोजनाको छेउमै रहेको बेसीशहर नगरपालिका–११, बरबोटको चेपाङ बस्तीका केही घर अझै अन्धकारमा छन् ।
गाउँ नजिकैका सबै घर उज्यालो भए पनि आफूहरु अन्धकारमा बस्न बाध्य भएको चेपाङबस्तीकी ५७ वर्षिया डिलमाया चेपाङले भन्नुभयो । ‘बिजुली किन्ने पैसा छैन । छिमेकीको घरबाट बिजुली ल्याउन दिंंदैनन् । अन्धकारमै बस्नुपरेको छ,’ उहाँले भन्नुभयो ।
आर्थिक अवस्था कमजोर रहेको चेपाङ बस्तीका बासिन्दाले अध्याँरोमा नै जीवन बिताउनुपरेको स्थानीय अमृता चेपाङले बताउनुभयो । ‘चेपाङ बस्तीका नागरिकको बिजुली बालेर घर–आँगन उज्यालो बनाउने सपना वर्षौंदेखि पूरा हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।
पछिल्लो समय जिल्लामा थुप्रै जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले २०६५ सालदेखि विद्युत उत्पादन सुरु गरेको हो । यस आयोजनाको बाँधस्थल चितीमै पर्छ । बाँधस्थलबाट सबैभन्दा नजिकको गाउँ हो, चितीको बरबोट । लमजुङमा २०५३ सालमा सामुदायिक विद्युतीकरण सुरु गरिएको हो ।
२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाले हाल लमजुङ र तनहुँ गरी २८ हजार भन्दा बढि ग्राहकलाई विद्युत वितरण गरिरहेको छ । बरबोटमा रहेका चेपाङवस्तीको १० घरमध्ये ३ घरले बिजुली जडान गरेका छन् । बाँकी ७ घर अझै अन्धकारमै रहेको स्थानीय कोपिला चेपाङले बताउनुभयो ।
उहाँका अनुसार चेपाङ समुदायमा केही हुनेखानेले मात्रै बत्ती बालेका छन् । आर्थिक अवस्था कमजोर भएकाले टुकीकै सहारा लिएका छन् । लमजुङको चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको १४ घर रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।