नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराएकाे छ । आज भैरहवाकाे सिद्धार्थ क्रिकेट स्टेडियममा भएकाे खेलमा कर्णालीले लुम्बिनीलाई ६० रनले हरायो ।
कर्णालीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१ ओभर २ बलमा १ सय २४ रन बनाउँदा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । कर्णालीका दिनेश अधिकारीले नट आउट ५६ र दिपेन्द्र रावतले ४७ रन बनाए । लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३ विकेट लिए ।
यो जितसँगै कर्णाली ३ खेलमा ४ अङ्कसहित पाँचौँ स्थानमा पुगेकाे छ । लुम्बिनी ३ खेलमा २ अङ्कसहित आठौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।