प्रधानमन्त्री कप : एपीएफ र मधेस, कोशी र त्रिभुवन आर्मी तथा गण्डकी र सुदूरपश्चिम खेल्दै

 माघ ४, २०८० बिहीबार ९:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन वटा खेल भइरहेका छन् । एपीएफ क्लब र मधेस प्रदेशबीचको खेल कीर्तिपुरमा भइरहेकाे छ । 

एपीएफ क्लब  दुई खेलमा दुवै खेल जितेर चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने मधेस तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेर दुई अंकसहित सातौँ स्थानमा छ ।

मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भइरहेकाे छ ।

त्रिभुवन आर्मी क्लब दुई खेलमा एकमा जित र एकमा हार गरी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने कोशी प्रदेश अहिलेसम्मका तीन वटै खेल हारेर अङ्कविहीन छ ।

अहिले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा भइरहेको छ । सुदूरपश्चिम प्रदेश दुई खेलमा दुवै खेल जितेर ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने दुई वटा खेल खेलेको  गण्डकी प्रदेश दुवै खेलमा हारेर अङ्कविहीन छ ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया