रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
कास्की – पोखरामा चलिरहेको चौथो टाइगर कप भलिबलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ ।
आज भएको अन्तिम लिगमा त्रिभुवन आर्मी क्लबसँग ३–२ को सेटमा पराजित भए पनि सेट अङ्कका आधारमा समूह 'ए' बाट गण्डकी सेमिफाइनलमा पुग्यो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५ र १७–२५, २५–२१ र १५–६ सेटमा हरायो ।
समूह 'ए' बाट हेल्प नेपाल तथा समूह 'बी' बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब विजेता र श्रीलङ्का आर्मी उपविजेता हुँदै यसअघि नै सेमिफाइनल पुगेका थिए । भोलि हुने पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपाल र श्रीलङ्का आर्मी तथा एपीएफ र गण्डकी खेल्नेछन् ।
यस्तै प्रतियाेगिताकाे महिलातर्फ एपीएफ र चन्द्रागिरि न्यु डायमन्ड उपाधिका लागि खेल्नेछन् ।
पुरुषतर्फ महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार र विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले १५ हजार रुपैयाँ बराबरको उपहार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।