२५ अर्ब भारु तिरेर टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक

 माघ ६, २०८० शनिबार १५:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ । यसै वर्ष अर्थात् सन् २०२४ देखि २०२८ सम्मको आईपीएलको मुख्य प्रायोजनको सम्झौतामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई र टाटा समूहबीच सम्झौता भएको छ ।

शीर्ष प्रायोजनबापत पाँच वर्षमा टाटाले आईपीएललाई २५ अर्ब भारु  बुझाउनेछ । यो प्रायोजनको रकम अहिलेसम्मकै धेरै भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका दुई वटा संस्करणमा पनि टाटाले नै शीर्ष प्रायोजन गरेको थियो ।

आईपीएलका अध्यक्ष अरुणसिंह धुमालले कीर्तिमानी रकमको प्रायोजन सम्झौताले आईपीएललाई थप उचाइमा पुर्याएको बताउनुभएको छ ।  सन् २०२४ को आईपीएल आउँदो मार्च महिनादेखि हुने सम्भावना छ। 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया