यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
काठमाडौं – नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए ।
चलचित्रको छायांकन आजबाट नै सुरु गर्ने तयारी थियो तर अन्तिम समयमा आएर आकाश श्रेष्ठले चलचित्र ‘वीर विक्रम २’बाट हात झिकेका छन् । उनले आफ्ना हजुरबुवा बिरामी भएको बताउँदै चलचित्रमा समय दिन नसक्ने बताएका हुन् । अचानक हजुरबुवा बिरामी पर्नु भएर उपचारमा आफूले समय दिनु पर्ने भएकोले चलचित्र छाड्नु परेको उनले फेसबुकमार्फत उल्लेख गरेका हुन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै चलचित्र युनिटसँग क्षमासमेत मागेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सबै भन्दा पहिला त क्षमाप्राथी छु । मैले खेल्ने भनिएको चलचित्र ‘वीर विक्रम’ म मेरो हजुरबुवा बिरामी भएको हुँदा उहाँको उपचारमा समय दिनु पर्ने कारणले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु । मिलन दाइसँग काम गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य थियो र खुशी पनि थिएँ तर यो टिमलाई साथ दिन सकिनँ । म आवद्ध नभए पनि ‘वीर विक्रम २’लाई सफलताको शुभकामना छ । आगामी दिनमा िनर्देशक तथा निर्माता मिलन चाम्स दाइसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद ।’
आकाशले काम नगर्ने भ पछि चलचित्र ‘वीर विक्रम २’मा नायक पल शाहले काम गर्ने पक्का भएको छ । चलचित्रमा आकाशले गर्ने भनिएको भूमिका अब पल शाहले गर्ने पक्का भएको हो । चलचित्रको छायाँकन अबको केही दिनभित्रमा नै गर्ने निर्माण युनिटले बताएको छ ।
चलचित्रमा आकाश श्रेष्ठलाई अनुबन्धित गर्नुअघि नै नायिका वर्षा सिवाकोटीलाई फाइनल गरिएको थियो । नायक अनमोल केसीको समय नमिलेपछि निर्देशक मिलन चाम्सले ‘वीर विक्रम २’मा आकाश श्रेष्ठलाई अनुबन्धित गरेको बताइएको थियो ।
-उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।