अमेरिकाको विद्यार्थी भिसा आवेदन अप्रिलदेखि खुल्ने, आफ्नो स्थान ...
मंसिर २०, २०८१ बिहिबार
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट पेस गर्नुभएको छ ।
यो बजेटमा करदाताका लागि कुनै नयाँ छुट दिइएको छैन । स्टार्टअपका लागि कर छुट एक वर्षका लागि बढाइएको छ । यस्तै चार करोड किसानलाई बिउबिजन बीमाको फाइदा मिल्ने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी ७८ लाख सडक व्यापारीलाई ऋण सहायता दिने, सौर्य प्रणालीबाट बत्ती बाल्ने एक करोड परिवारलाई तीन सय युनिट बिजुली निःशुल्क दिने बजेटमा उल्लेख छ ।
भाषणकै क्रममा अर्थमन्त्री सीतारमणले अहिलेसम्म झन्डै एक करोड महिला लखपति बनेको र अब त्यो सङ्ख्यालाई तीन करोड बनाउने लक्ष्य रहेको बताउनुभयो । सरकारले मध्यम आय भएका व्यक्तिले घर किन्न सक्ने योजना ल्याउने उहाँको भनाइ छ ।
अर्थमन्त्री सीतारमणले यस पटक बजेट भाषण झन्डै एक घण्टासम्म पढ्नुभयो । उहाँले सबैभन्दा लामो बजेट भाषण सन् २०२० मा गर्नुभएको थियो, त्यो बेला उहाँले दुई घण्टा ४० मिनेटसम्म बजेट भाषण पढ्नुभएको थियो ।
अर्थमन्त्रीको रूपमा निर्मला सीतारमणले मोदी सरकारको छैटौँ बजेट पेस गर्नुभएको हो । यो अन्तरिम बजेट हो । आउँदो मेमा लोकसभा चुनावपछि आउने नयाँ सरकारले आमबजेट पेस गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।