६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
झापा – झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका पीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०–८१ को साउनयता जिल्लाका विभिन्न ठाउँ र समयमा हात्तीको आक्रमणमा परि जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।
चालु आर्थिक वर्षको गएको कात्तिक २ गतेसम्म तीन सय २१ हात्ती पीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० रुपैयाँ राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, तीन जना घाइतेका लागि पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार नौ सय रुपैयाँ रहेको छ ।
कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट ज्यान गुमाएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्ती पीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको वन अधिकृत पराजुलीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।