नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
डोटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान (एनआर्इडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले त्यस भवनको उद्घाटन गर्नु भएको हो ।
कुल एक करोड ३ लाख रुपैयाँको लागतमा त्यो भवन निर्माण गरिएको राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख तथा अनुसन्धान अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।
आफ्नो भवन नहुँदा राष्ट्रिय अनुसन्धानका कर्मचारी वर्षौदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा आफ्नो अफिस खडा गरी कामकाज गर्दै आएका थिए ।
करोडाैंको लागतमा आफ्नो कार्यालय बनेपछि अहिले राष्ट्रिय अनुसन्धान डोटीका कर्मचारीहरु निकै खुशी भएको सहायक अनुसन्धान अधिकृत वीरबहादुर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग भवन थिएन, काम गर्न केही असजिलो भएको थियो, अहिले आफ्नै भवन पायौं, यसैमा खुशी छौं ।’ नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले अनुसन्धानका कर्मचारीले विगतको भन्दा झन चनाखो र फुर्तिलो भएर काम गर्नु पर्ने निर्देशन दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरु, डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीलगायतका अन्य विभिन्न कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।