भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कतार भ्रमणमा

 फागुन ३, २०८० बिहीबार १२:२२:४७ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएईको भ्रमण सकेर अहिले कतारको राजधानी दोहा पुग्नुभएको छ । उहाँलाई भारतीय समुदायका मानिसहरूले स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग भेट गरिसक्नुभएको छ । केही दिनअघि कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय जलसेनाका पूर्वकर्मचारी रिहा गरेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको कतार भ्रमण भएको बीबीसी हिन्दीले जनाएको छ ।

भ्रमणका क्रममा मोदीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग पनि भेट गर्ने कार्यक्रम छ । दुई देशबीच द्विपक्षीय सम्बन्धलगायत विश्वका विषयमा वार्ता हुने खबरमा उल्लेख छ । यसअघि मोदीले सन् २०१६ को जुनमा कतारको भ्रमण गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया