चलचित्र ‘जात्रै जात्रा’ छायांकन नै नभई अष्ट्रेलियामा प्रदर्शनका लागि बिक्री

 कात्तिक २८, २०७५ बुधबार १२:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र जात्रै जात्राको टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको हो ।

होर होइन होला इभेन्ट रपपअप इन्टरटेन्मेन्टले  जात्रै जात्राको सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिपोर्ट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् । पहिलो फिल्मले दर्शकको मन जितेको र  जात्रै जात्राको टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाई छ । 

निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार अन्य देशहरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको छ । यस्तै, ब्राण्डहरुसंगको सहकार्य र विदेश राइटको बिक्री आँकलन गर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदीप भट्टराईको दाबी छ । अहिले अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठूलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् ।

निर्देशक भट्टराइको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो  र  अष्ट्रेलियाभर ४० भन्दा बढी हाउसफुल शो गर्न सफल भएको थियो ।  षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित जात्रै जात्रा यहि फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा रविन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी रहेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया