पालिका उपचुनाव : ६२ प्रतिशतभन्दा धेरै मत खस्याे
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – सत्ता गठबन्धनका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद सडकदेखि सदनसम्म देखिन थालेको छ ।
यसअघि गएको हप्ता भएको नेपाली कांग्रेसको महासमिति बैठकमा धेरैजसो सदस्यले माओवादीसँगको गठबन्धनको विरोध गरेका थिए । सामाजिक सञ्जालमा पनि दुवै दलका नेता कार्यकर्ताले एकअर्काविरुद्ध लेख्न थालिसकेका छन् । अहिलेको गठबन्धन परिवर्तन हुने हल्ला चेलिरहेका बेला कांग्रेस र माओवादीबीचको तिक्तता संसदमा पनि देखिन थालेको छ ।
आज प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार गर्ने नियतका साथ काम गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले 'थ्रि हन्ड्रेड जी' जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने खेलमा मन्त्री किरातीको जोड रहेको जिकिर पनि गर्नुभएको छ । आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र सामाजिक सञ्जालमा भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुन सक्छ भन्दै खतिवडाले पर्यटनमन्त्रीको चर्को आलोचना गर्नुभयाे ।
आज नेपाली कांग्रेसकै सांसदले सरकारका मन्त्रीको चर्को आलोचना गरेको विषयलाई राजनीति क्षेत्रमा महत्त्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला केही भाषणमा अहिलेको गठबन्धन भत्काएरै छाड्ने बताउँदै आउनुभएको छ भने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट तीव्र बनाउनुभएको छ । आज कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीको चर्को आलोचना गरेपछि गठबन्धनमा दरार आएको शङ्का गर्नेहरू झनै बलियो बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।