एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
घरमा आर्थिक अवस्था कमजोर थियो । कमाउनु पर्छ भन्ने मनमा लाग्थ्यो । तर, घरमा छउन्जेल पैसा कमाउनका लागि केही काम गरिनँ ।
सन् २००४ को कुरा हो, गाउँकै दलालले विदेशमा राम्रो कमाई हुने कुरा सुनाए । ‘दुःख गर्न पर्दैन मेसिनबाट झरेको फलाम खनखनी गन्ने हो,’ दलालले मलाई भनेको शब्द यही हो ।
सयकडा चारमा काढेको ८० हजार रुपैयाँ ऋण र विदेशमा खनखनी फलाम गनेर पैसा कमाउने सपना बोकेर म मलेसिया पुगेँ । भनेको काम किन पाइन्थ्यो ?बिहानदेखि बेलुकासम्म भारी बोक्नुपर्ने काम पाइयो ।
५० किलोका पोटास मल, कार्टुनहरु बोक्नु पर्ने । सामान उचालेर काँधमा राख्न खोज्दा साहुले तिमीले बोक्न सक्दैनौ मात्र भन्थे । मलाई दुब्लो अनि होचो देखेर साहुले मैले काम गर्न सक्छु भन्ने विश्वास नै मान्दैन थिए ।
अरु कामदारलाई गर्नेभन्दा मलाई गर्ने व्यवहार पनि फरक थियो । कोठामा सुत्न पनि दिँदैनथे । दुई दिन त बाहिर सुतेँ । लामखुट्टेले कति टोके कति । खान पनि दिएनन् । साहुले यस्तो व्यवहार गर्नुको एउटै कारण थियो, मैले काम नजान्नु ।
कताकता काममा लिएर जान्थे । एकदिन चरा राख्ने घर बनाउन लगेर गएका थिए । सफा गर्ने बेलामा भ्याकुम लगाउनु पर्ने रैछ । मैले नेपालमा भ्याकुम चलाउनु त परको कुरा देखेको पनि थिइनँ । मलाई चलाउनै आएन ।
साहुले तिमीलाई त्यति पनि आउँदैन भनेर गाली गर्दै भोलि नै नेपाल पठाउँछु भने । त्यत्रो महङ्गो ब्याजमा ऋण काढेर आएको कमाउन । ऋण पनि नतिरी घर फर्काइदिने भयो भनेर म त धुरुधुरु रोएँ । साहुले म रोएको देखेर ‘स्टुपिड म्यान’ भन्दै माया गरेर भ्याकुम चलाउन सिकायो । रुँदै सफा गरेँ ।
भाषा नजान्दा, काम नजान्दा पाएका दुःखको हिसाब गर्ने हो भने मैले मलेसियामा बस्दा कमाइको पैसा भन्दा कयौं गुणा बढी छ । वर्षौंसम्म पनि भारी बोके । ढाड र काँधको छाला त कति गए कति ।
प्रत्येक बोरा उचाल्दा सयकडा चारमा काढेको ऋण सम्झन्थेँ । दुःख भए पनि काम नगरी सुखै थिएन । दिनरात सुत्न दिँदैन थिए साहुले । कामदार सुत्छन् भनेर आफैं काम गरेर भएपनि हामीलाई दलाउथे ।
जाने बेलामा त ४ सय रिंगिट बेसिकमा गएको । त्यो भन्दा धेरै तलव पनि पाइएन । महिनामा पछि भएपछि चाहिँ ६ देखि ७ सय रिंगिटसम्म आउँथ्यो । साहुले जस्तो व्यवहार गरे पनि काम गर्न छाडिनँ । डटेर काम गरें ।
पछि भएपछि त मेरो दुःख देखेर हो कि किन हो साहुले साह्रै माया गर्न थाले । मलेसियामा ९ वर्ष १० महिना बिताएँ । तीन चार वर्ष त कष्ट मै बिते । जब काम सिके, भाषा सिके त्यसपछि सबैको प्यारो भएँ ।
मलाई भारी बोक्नेबाट स्टोर किपर बनाइयो । आफ्नो काम तनमन लगाएर गर्थें । तलब पनि बढ्यो । साहुले त पछि भएपछि मलाई ‘त मेरो छोरा जस्तै होस भन्थे,’ खान पनि उनले नै दिन थाले । साहुले पजेरो गाडी पनि दिए ।
मलाई गाडी सिकाउने पनि साहु नै हुन् । मलाई गाडी लिएर जहाँ जान पनि छुट थियो । झण्डै १० वर्ष पसिना बगाउँदा २० लाख रुपैयाँ जति कमाएँ । तर पैसा बचेन । बुवाको उपचारमा ८ लाख भन्दा धेरै खर्च भयो । बुवा पनि बाँच्नु भएन ।
परदेशको सुख र दुःख दुवै भोगेँ । घर फर्किएर बिहे गरे । अहिले दुई सन्तान छन् । फर्किएको ५ वर्ष हुन लाग्यो । सुरक्षित आप्रवासन परियोजना (सामी) सिन्धुलीको सूचना केन्द्रमा स्वयमसेवकको रुपमा काम गरिरहेको छु ।