कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे

 मंसिर १३, २०८१ बिहीबार १४:५३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जीशान मक्सूद नेपाल आइपुगेका छन् । मक्सूदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिले स्वागत गरेका थिए ।

३७ वर्षीय ब्याटर मक्सूदले ७३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार तीन सय ६९ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । यस्तै कर्णालीले अरू विदेशी खेलाडीमा विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवन, वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायातलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामी रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोलीको सहभागितामा पर्सि शनिवार मङ्सिर १५ देखि पुस ६ गतेसम्म पहिलाे संस्करणकाे‍ एनपीएल हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया