नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रमा रहेका तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अब औषधी उपचारको सुविधा पाउने भएका छन् । श्रीमान् वा श्रीमतीलाई मात्र दिने गरिएको सुविधा अबदेखि कोषले आबद्ध भएकाका छोराछोरीलाई समेत समेटेको हो ।
हिजो विराटनगरमा शुरु भएको श्रमाधान रोजगार मेलाको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोषको विस्तारित यो सुविधाबारे औपचारिक घोषणा गर्नुभएको हो । कोषले हिजैदेखि लागू हुने गरी अनौपचारिक तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधी उपचार सुविधा प्रदान गर्ने कार्यविधि संशोधन गरेको छ ।
यसअनुसार श्रमिकका श्रीमान, श्रीमती र १८ वर्षमुनिका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा लिन सक्नेछन् । यस्तै उपचार सुविधा पाउन योग्य समयावधिलाई पनि ९ महिनाबाट घटाएर ३ महिनामा झारिएको कोषले जनाएको छ ।