एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
मैले कतार र साउदीमा गरेर १२ वर्ष बिताएँ । सुरुमा सन् २००३ मा कतार गएँ । कतार जानुको कारण त्यस्तो ठूलो थिएन । सँगैका साथी अनि आफूभन्दा केही माथिल्लो कक्षामा पढ्नेहरुले एसएलसी पढेपछि विदेश गएर कमाउन थालिसकेका थिए ।
साथीहरुले कमाएको देखेपछि मलाई पनि पढ्न मन लागेन । पढ्नुभन्दा त कमाउन नै ठिक लाग्यो । त्यसैले कतार गएँ । म्यानपावरमा मेरो आफन्त काम गर्नुहुन्थ्यो । उहाँले सेक्युरिटीको काम भनेर पठाउनुभयो । तर कतार पुगेपछि लेबरको काम गर्नुपर्यो ।
तबल चाहिँ फरक परेन । मलाई यहाँ ७ सय रियाल भनिएको थियो । त्यहाँ मैले भनेकै तलब पाएँ । तर एक वर्ष लेबरको काम गरेपछि डोजर चलाउने काम दियो । मसँग डोजर चलाउने लाइसेन्स त थिएन तर हामीले काम कम्पनीको त्यो क्षेत्रमा डोजर चलाउने लाइसेन्स चाहिएन ।
त्यही कम्पनी मैले ८ वर्ष गरें । लेबर हुँदा ७ सय दिने कम्पनीले मलाई त्यसपछि बेसिक तलब १२ सय रियाल दिन थाल्यो । ओभरटाइम पनि हुन्थ्यो । त्यसैले मैले महिनामा २५ सय रियालसम्म कमाएँ ।
कतारबाट अब गाउँघरमै केही गर्ने भनेर फर्किएँ । त्यहाँबाट फर्किंदा मलाई कम्पनीले डोजर चलाएको भनेर प्रमाणपत्र दिएको थियो । घर आएको केही समयमा साउदी अरबबाट फोरक्लिप (सामान उठाउने मेसिन) अपरेटरको माग आएको थाहा पाएँ ।
त्यो अलमराइ कम्पनी थियो । यो कम्पनी राम्रो हो भन्ने मलाई थाहा थियो । त्यसमा राम्रो कमाइ हुने भनेको सुनेपछि मैले त्यहाँ जाने निधो गरें । त्यतिबेला सरकारले खाडीका देश र मलेसिया जाने कामदारका लागि फ्रि भिसा फ्रि टिकट लागु गरिसकेको थियो । लाग्ने खर्च कम्पनीले नै बेहोर्ने भनिएको थियो ।
त्यसैले आफ्नो खर्च लाग्ने थिएन । मैले अन्तवार्ता दिएँ । कतारमा काम गरेको अनुभव भएकाले म छानिएँ । म्यानपावरले मलाई १० हजार रुपैयाँ लाग्छ भन्यो । तर मैले त्यो पनि दिन मानिनँ । किनकी लाग्ने खर्च सबै कम्पनीले नै बेहोर्ने भनिएको थियो ।
मैले यही अडान नछोडेपछि म्यानपावरले मसँग १ हजार रुपैयाँ माग्यो । मैले चिनेकै मान्छे मार्फत त्यो म्यानपवारमा गएकाले मैले एक हजार रुपैयाँ तिरेर साउदी उडें । फोर्कलिफ्ट (सामान उठाउने मेसिन) अपरेटरको काममा बेसिक १२ सय रियाल थियो ।
तर ओभरटाइम गर्दा महिनामा १८ सय रियाल हुन्थ्यो । खाने बस्ने सुविधा कम्पनीले नै दिएकाले राम्रै कमाएँ । त्यहाँ चार वर्ष बसेर फर्किएँ । दुई वटै देशमा काम गरेर झण्डै ७० लाख जति कमाइएछ । त्यो कमाइले आफ्नै गाउँ र विराटनगरमा जग्गा किन्यौं ।
गाउँ फर्किएर सुरक्षित आप्रवासन परियोजना सामीमा ९ महिना रिटर्नी स्वयमसेवकका रुपमा पनि काम गरें । अब चाहिँ गाउँमै व्यापार गर्ने सोच बनाएको छु ।
यो पनि पढ्नुहोस् ।
विदेश पुगेर समस्या परेपछि आत्तिनुभन्दा पहिल्यै सचेत हुनुपर्छ