परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
युएई – दुवै मृगौला फेल भएर युएईबाट नेपाल फर्किएका सुमन परियारका लागि युएईमा १० लाख रुपैयाँभन्दा धेरै सहयोग सङ्कलन गरिएको छ ।
सुमनको थप उपचार र परिवारका लागि आर्थिक सहयोग सङ्कलन गर्न चलाइएको अभियानबाट ३५ हजार दिर्हाम अर्थात १० लाख ५० हजार रुपैयाँ सङ्कलन गरिएको हो । गायक प्रकाश पौडेल, सन्जु तमु, पत्रकार उमाकान्त पाण्डे र लक्ष्मण सापकोटा, भूमिका श्रेष्ठ लगायतको अगुवाइमा चलाइएको अभियानले दुई हप्तामा रकम सङ्कलन गरेको हो ।
युएईमा रहेका केही सामाजिक संस्था तथा व्यक्तिले थप ३ हजार दिर्हाम सहयोग गर्ने प्रतिवद्धता जनाएकाले प्रतिबद्धता जनाइएको रकम प्राप्त भएपछि पैसा सुमनको खातामा पठाउने तयारी छ ।
चितवन रत्ननगर–२ टाँडीका सुमन परियार युएईमा १९ औं पटक डायलसीस गराएर बिहीबार नेपाल फर्किनुभएको छ । आमा चन्दा परियारले आफ्नो मृगौला दिएर भएपनि छोरालाई बचाउने भनेपछि उहाँलाई नेपाल पठाइएको सुमन कार्यरत कम्पनीका म्यानेजर सन्जु तमुले बताउनुभयो ।
सुमनलाई नेपाल फर्काउन लाग्ने टिकटसहित सबै खर्च कम्पनीलेनै व्यहोरेको छ । सुमनको रेखदेख गर्न युएई आउनुभएकी उहाँकी श्रीमती सबिता परियारले सुमनलाई लिएर घर फर्किनुभएको छ । सबिताका लागि टिकटको खर्च अबुधाबीमा रहेका नेपालीले सहयोग गरेका छन् ।
शुक्रबारबाट मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलसीस गर्ने र चिकित्सकको सल्लाहमा मृगौला प्रत्यारोपण गरिने परिवारले जनाएको छ ।
युएई पुगेका सुमनका दुवै मृगौला फेल, आमाको पुकार–मेरो मृगौला दिन्छु, छोरो बचाइदिनुहोस्
‛कमाएर श्रीमानलाई सहयोग गरौंला भनेर पासपोर्ट बनाएँ, स्याहार गर्न विदेश आउनु पर्यो′ (भिडियोसहित)
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।