इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
पर्वत – साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।
पर्वतको मोदी गाउँपालिका ५ बाजुङ धमिलपानी गाउँका किशोरको शव सोमबार बिहान घरमा आएको हो । गएको जेठ १५ गते साथीहरुले कुटेर किशोरको हत्या गरेका थिए ।
रोजगारीका लागि विदेश किशारको आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । किशोरको शव गाउँमा आएपछि गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । उनको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर छोरो शवमा दागबत्ती दिनुभएको थियो ।
पूर्वी नेपालका चार जना युवाले किशोरलाई कुट्पिट गरेका हुन् । उनीहरु सँगै काम गर्ने साथी हुन् ।
कुटाइ पछि घाइते भएका किशोरको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो ।
२० महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका किशोर परिवारका कान्छा सन्तान हुन् । उनका बुवा भीमबहादुर पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहनुभएको थियो ।
कुटपिट गरी हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहेपनि एकजनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारैजना दोषी भएपनि एकजनालाई जिम्मेवारी स्वीकार गर्न लगाई अन्य रिहा भएको सूचना आएको स्थानीयवासी भक्त कुँवरले बताउनुभयो ।
याे पनि पढ्नुहाेस्
नर बहादुर रोका मगर
June 19, 2018, 4:11 p.m.चारै जना लाई सजाय दिनु पर्छ