इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
कैलाली – चाडपर्व मनाउन घर आएका सुदूरपश्चिमका धेरै बासिन्दा फेरि आफ्नो कर्मथलो भारततिरै फर्किन थालेका छन् ।
अहिले सुदूरपश्चिमेलीका नाकाहरू रोजगारीका लागि छिमेकी देश भारत फर्किनेहरूको भीड देखिन्छ । चाडपर्व सकिएलगत्तै कामका लागि भारत फर्कनेहरुको भीड बढेको हो । काम नपाएपछि देशमा बसेर जीवन धान्न मुस्किल हुने उनीहरुको भनाइ छ ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि भारत गइरहेको सीमानाकामा रहेको सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ ।
यहाँबाट एक हप्तामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न शहरमा रोजगारीका लागि बाहिरिएका तथ्याङ्क छ । सुदूरपश्चिमका नागरिकमध्ये कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।
कतिपय खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र अन्नबाली भित्राउने समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला शहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।