आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
यूएई - नेपाल र यूएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ ।
२२ जनवरी १९७७ मा सुरु भएको कुटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेर थप बलियो बनाएको थियो ।
कार्यकाल पूरा गरेर राजदूत धनन्जय झा नेपाल फर्किएपछि गएको झन्डै ३ वर्ष यता यूएईमा नेपाली राजदूत नियुक्त भएका छैनन्। अहिले कार्यबाहक राजदूतको रुपमा सागरप्रसाद फुयाँलले दूतावासको नेतृत्व गरिरहनु भएको छ ।
यूएईले पनि सन २०१६ को १० मे मा काठमाण्डौमा दूतावास स्थापना गरेर काम सुरु गरेको छ । यूएईमा नेपालीको सँख्या बढेसँगै दुबईमा कन्सुलेट कार्यालय स्थापना गरेर सेवा प्रदान गर्न यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।
दुई देशबीचको कुटनीतिक सम्बन्ध थप बलियो बनाउन पछिल्ला समय दुई देशका उच्च अधिकारीहरुले नियमित रुपमा भ्रमण गर्दै आएको कार्यबाहक राजदुत फुयाँलले बताउनुभयो ।
नेपालका लागि भारत र चीनपछि यूएई तेस्रो ठूलो व्व्यवसायिक साझेदार देश पनि हो । यूएईबाट वार्षिक ५ दशमलब १ प्रतिशत सामान नेपाल आयात गरिने र नेपालबाट जम्मा शून्य दशमल ४ प्रतिशत मात्रै सामान यूएईमा निर्यात हुने गरेको छ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।