आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – मंगलबार केही बढेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा बुधबार फेरि घटेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ । मंगलबार डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा थियो ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।
यस्तै बुधबार कतारी रियाल १ को ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा थियो ।
यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । मंगलबार खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा तोकिएको छ । मंगलबार रिंगिटको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
मंगलबार कुवेती दिनार १ खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा थियो ।
त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रपैयाँ २६ पैसा छ । मंगलबार एक सयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रपैयाँ २८ पैसा थियो ।