रियाल, दिर्हाम र रिंगिटको मूल्य बुधबार पनि बढ्यो

 असार १३, २०७५ बुधबार १०:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २० रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र विक्रिदर ३० रुपैयाँ ०७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६५ पैसा र विक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ०३ पैसा छ भने विक्रिदर ३ सय ६२ रुपैयाँ ०२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ०६ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

1 Comments

  • Dem prasad pandey

    June 27, 2018, 5:46 p.m.

    Nepal ko rate india sang sadhai samanupatik kin.aru sabai desh ko aafai ma depend chha.nepal ko pani aafai ma depend hunu parcha

तपाईको प्रतिक्रिया