नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – झण्डै साढे १० महिनादेखि बन्द मलेसियाको रोजगारी खुलेको छ । पहिलो चरणमा कलिङ भिसा पाएकाहरुलाई आज सोमबारदेखि श्रम स्वीकृति दिन थालिएको छ ।
मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति दिन सुरु गरिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो ।
कलिङ भिसा पाएकाहरुलाई अन्तिम श्रम स्वीकृति दिन विभागले आइतबार नै श्रम कार्यालय ताहाचललाई पत्राचार गरेको थियो ।
विभागले मलेसियसन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ । संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
तथ्याङ्कअनुसार सात हजार जना भन्दा धेरै कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा रहेको सूचना अधिकारी गुरागाईँले बताउनुभयो । कलिङ भिसा लागेकाले आज सोमबारदेखि श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने भएको छ ।