मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिव रजाक पक्राउ

 असार १९, २०७५ मंगलबार १५:६:५९ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् । मंगलबार मलेसियाको समय अनुसार ३ बजेतिर रजाकलाई उनकै निवासबाट पक्राउ गरिएको हो । 

मलेसियन एन्टी करप्सन कमिसनले उनी पक्राउ परेको पुष्टि गरेको मलेसियाको स्थानीय अनलाइन द स्टारले जनाएको छ । अहिले उनलाई करप्सन कमिसनको केन्द्रीय कार्यालय लगिएको छ । उनलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । तर  बुधबार अदालतमा आरोपको बारेमा बताइने छ ।

स्थानीय समाय अनुसार बिहान ८ः३० बजे अदालतमा नाजिबलाई के के आरोप लागाइने भन्ने टुङ्गो लाग्ने छ ।  प्रधानमन्त्री महाथिर मोहम्मदले नाजिबको कम्पनी वान मलेसिया डेभलपमेन्ट र मंगोलियाका एक मोडलको हत्याको विषयमा  बलियो प्रमाणहरु खोजिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया