भीएलएनका सञ्चालक श्रेष्ठलाई थोरै धरौटीमा छोड्न आदेश दिने न्यायाधिश बस्नेतमाथि छानविन हुने

 असार २०, २०७५ बुधबार १८:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा रकम असुलेर ठग्ने भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई थोरै धरौटी लिएर छोड्न आदेश दिने न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानविन हुने भएको छ । 

काठमाडौं जिल्ला अदालत न्यायाधीश अमृतबहादुर बस्नेतमाथि न्याय परिषदले छानविन गर्ने भएको हो । मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएकोमा छलफल गर्न बुधबार बसेको परिषदको बैठकले न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई छानविनको जिम्मा दिने निर्णय गरेको हो । 

भीएलएनका सञ्चालक श्रेष्ठविरुद्ध प्रहरीले झण्डै ३ अर्ब ठगीको मुद्दा चलाएपनि न्यायाधीश बस्नेतको इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया