इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
सुनाखरी मगर/मलेसिया ।
मलेसिया – नेपाली दूतावास मलेसियाले पेनाङ र जोहरबाहरु राज्यमा कन्सुलर सेवा उपलब्ध गराउने भएको छ ।
अवैधानिक कामदार यात्रा अनुमतिपत्र बनाउन दूतावाससम्म आइपुग्दा पक्राउ नपरुन भन्ने उद्देश्यले यी राज्यमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको दूतावासले जनाएको छ ।
असार ३० गते शनिबार देवान हल बुकित मेर्ताजाम पेनाङ र बागुस सीटी होटेल जोहोरबारुमा कन्सुलर सेवा दिइने छ । स्थानीय समय अनुसार बिहानको १० बजेदेखि सेवा सुरु हुनेछ ।
एकतर्फी यात्रा अनुमति बनाउन नेपाली नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी, दुई वटा फोटो र राजस्व दस्तुर वापत १६० रिंगिट तिर्नुपर्ने छ ।
मलेसिया सरकारले अवैधानिक बिदेशी कामदार लाई अगस्ट ३० सम्ममा स्वदेश फर्किन समय दिएको छ । साथै अवैधानिक धरपकड गर्न थालेपछि त्यसको चपेटामा नेपाली कामदार पनि परेका छन् ।
मलेसियामा झण्डै एक लाख नेपाली अवैधानिक रहेको हुनसक्ने कार्यवाहक राजदूत कुमारराज खरेल जानकारी दिनुभयो ।