प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारले श्रम स्वीकृति पाउन सक्ने

 असार २४, २०७५ आइतबार १६:१२:४५ | उज्यालो सहकर्मी

काठमाडौं – जेठ ३ गतेसम्ममा  सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको हकमा थप निर्णय गर्ने सक्ने श्रम मन्त्री गोकर्ण बिष्टले बताउनुभएको छ ।

 

आइतबार वैदेशिक रोजगार व्यवसायीसँग भएको छलफलमा मन्त्री बिष्टले जेठ ३ गतेभन्दा अगाडि नै सबै प्रक्रिया पूरा गरिसकेका कामदारको विवरण माग्दै उनीहरुको हकमा भने अन्तिम श्रम स्वीकृति खुलाउन सकिने बताउनुभएको हो ।

म्यानपावर व्यवसायीले सिडिकेट खारेज गरे पनि सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको अन्तिम श्रम स्वीकृत खुलाउन आग्रह गरेका थिए । 

मन्त्री बिष्टले खारेज गरेका संस्थाको सम्बन्धमा हो भने सरकारपछि नहट्ने र अरु संस्थाबाट जान नपाएका कामदार भएमा छलफल गरेर थप निर्णय गर्ने बताउनुभएको छ । 

साथै, मन्त्री बिष्टले म्यानपावर व्यवसायीलाई नयाँ कामदारको काम भने नल्याउन निर्देशन दिनुभएको छ । मलेसियामा अहिले भएको समस्या समाधान भइरहेको र समाधान गर्न केही समय लाग्ने भएकाले नयाँ माग पत्र नल्याउन उहाँले निर्देशन दिनुभएको हाे । 

। 


 

1 Comments

  • Jagadish dhami

    July 8, 2018, 4:50 p.m.

    अनि हामी मेद्कल गरे को ले के गरे के हाम्रो पैस फिर्ता गरि ने हो त

तपाईको प्रतिक्रिया