परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
आदरणीय मन्त्रीज्यूहरु,
राज्य संकटको बेला लकडाउन गर्नु धेरै राम्रो हो । तर कसको लागि गरिंदैछ ? । नागरिकको सुरक्षाका लागि होइन ? हो भने तपाईँहरुले परदेशमा बिचल्लीमा परेकाहरुका बारेमा किन सोच्नु भएन ?
के उनीहरुको चाहिँ पीडा होइन र ? दुःख सबैको लागि दुःख नै होइन र ?
आफ्नै देश र परिवारका लागि कमाउन गएकाहरुलाई अप्ठेरोमा पर्दा नआउ भन्न मिल्छ र ? नेपाली नागरिक नेपाल न आएर कहाँ जाने ? हामी कहिलेसम्म यहाँ बस्ने ? हामीलाई कसरी नेपाल झिकाइन्छ ? त्यो बारे पनि त भन्दिनुपर्यो नि । नत्र त कसरी हाम्रो चित्त बुझ्छ र ।
परदेशीको पनि त घर परिवार छ । उसलाई पनि आफ्नो परिवारको माया लाग्छ । उसको परिवारलाई पनि त बिरानो देशमा एक्लै दुःखमा पर्दा माया लाग्छ । परिवारलाई पनि त आफ्नो मान्छे फर्कियोस् भन्ने आश होला ।
हामीलाई परदेशमै बस भन्नु त ठिक छ । तर तिमीहरुलाई यस्तो हुन्छ, यसरी ल्याउँछौं भनेर चित्त पनि बुझाइदिन पर्यो नि । के हामी आउँदैमा कोरोना आउने हो र?
तपाईँका देशका नागरिकलाई यहाँ भेडाबाख्रा सरह राखेका छन् । रोग नलागे भोकले पो मरिने हो कि भन्ने चिन्ता छ । यहाँ त क्वारेण्टीनको पनि के कुरा गर्नु ?
बरु हामीलाई नेपालका जंगलमा राख्नुहोस्, हामी पानी र हावा खाएरै बाँचौंला । हाँसीखुशी बसौंला । बिन्ती छ हामीलाई नेपाल फर्काइदिनुस् । कोरोनाको डर र घर फर्कन नपाउँदाको आवेगमा धेरै भनेको भए माफ पाउँ ।
Sherchan Deepak
May 2, 2020, 9:35 p.m.कहिले कोभिद १९ रोगको भय कम होला र घर फर्कन पाइएला भनेर कुरिरहेको अवस्था छ , भगवानको भरोसामा !! प्रतिक्षा जारी छ /