पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।
एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै छानबिन हुनुपर्ने माग गरेको हो । विपक्षी दल 'पाकिस्तान–तहरीक–ए–इन्साफ' (पीटीआई) का प्रदर्शनकारीहरूविरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक रूपमा बन्दी बनाएको एम्नेस्टीको ठहर रहेको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीहरूमाथि कारबाहीका क्रममा ठूलो मात्रामा हिंसा देखिएको खबरमा उल्लेख छ । प्रहरी र प्रदर्शनकारीहरूबीचको झडपमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका छन् । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै गएको आइतवारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।
अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछोड्ने प्रदर्शनकारीहरूले बताएका थिए । तर आज उनीहरूले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।